१४ तस्बिरमा घुम्नुहोस् ‘अन्नपूर्ण आधार शिविर’

पाेखरा | कात्तिक १८, २०८०

१४ तस्बिरमा घुम्नुहोस् ‘अन्नपूर्ण आधार शिविर’

कास्की:   ट्रेक गर्न मन पराउने विरलै व्यक्तिहरु अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेको हुनुपर्छ । किनभने यो विश्वकै लोकप्रिय पदमार्ग अन्तरगत पर्छ । 

 

त्यसैले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि नेपाल भ्रमणको क्रममा एबिसी पुगे ।

 

उनले उक्त स्थानको अवलोकनपछि प्रकृतिविरुद्वको लडाई रोक्न विश्वलाई सन्देश दिने बताएका थिए ।

पछिल्लो समय जलवायु परिवर्तनकै कारण एबिसीको बस्ती उच्च जोखिममा रहेको छ । त्यसैले यस्तो हिश्रृङ्खला तथा हिमालयहरुको संरक्षणमा गुटेरेसले चाँसो देखाएका थिए ।

 

कास्कीमा करिब आधा दर्जन नाम चलेका पदमार्गहरु छन् । मर्दी पदमार्ग, कोरी पदमार्ग, खुमै पदमार्ग, तथा हिडनलेक पदमार्ग पनि गण्डकीको राजधानी कास्की मै पर्छ । 

 

एबिसी पदमार्गको दुरी लामो भएकाले अन्य पदमार्गको तुलनमा बढी खर्चिलो मानिन्छ ।

 

पैदलयात्रीका लागि कम्तिमा ५ देखि ७ दिनसम्म (एक हप्ता) समय लाग्छ । 

 

पोखरादेखि विरेठाटी हुदैँ झिनुसम्म सवारी साधनमा पुग्न सकिन्छ त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पहिलो दिनको बसाई छोम्रोङमा हुन्छ । जहाँ १८ वटा होटलको व्यवस्था छ । 

 

यस्तै सिनुहामा १०, व्याम्बुमा ६, दोभानमा ४, हिमालयमा ३, देउरालीमा ५, एमबीसीमा ६ र एबिसीमा ६ वटा होटलहरु रहेका छन् । 

 

तस्बिर: पुकार पुर्जा


 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्